करिब एक करोड रुपैया बराबरको मोवाइल र सुन बरामद, मलद्धारमा लुकाएर ल्याएका थिए



काठमाडौ । त्रिभुवन विमानस्थल सुन त स्क रहरुको वाटो हो जस्तै देखिएको छ । प्रहरीले विमानस्थलमा करिब दिनहुँ अवैध सुन पक्राउ गर्ने गरेको छ । विहिवार पनि प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइल बरामद गरेको छ। ति सुन केहीले मलद्धारमा लुकाएर ल्याएका थिए भने केहीले गहना बनाएर ल्याएका थिए ।

९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने मध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट आएका हुन्।

हिमालय एयरलाइन्सको जहाजबाट दुवईबाट आएका रौतहटको गौर नगरपालिका–१० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साहबाट चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामका सुनको सिक्री बरामद गरेको छ।

यस्तै, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियारको साथबाट आईफोन १ थान र सुनको बेरुवा औंठी– २ बरामद भएको छ। अर्का यात्रु सारजहाबाट एयर अरेबियाबाट आगमन भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन तीन थान १०५५ ग्राम मलद्वारभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्