‘करिना देखि टाढा रहनु’ भन्दै जब सैफ अली खानलाई अक्षय कुमारले थर्काए…



एजेन्सी । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुर खान पति–पत्नी हुन्। अहिले उनीहरुको दुई सन्तान पनि छन् । तर जब उनीहरु प्रेममा थिए त्यती बेला अक्षयले सैफ अलि खानलाई करिना देखि टाढा हुनु भनेर थर्काएका थिए । यो कुरा करिना आफै खुलासा गरेकी हुन् । उनीहरु करिब ४ वर्षको प्रेम पछि पति पत्नी बनेका थिए ।

भारतीय मिडिया बलिउड लाइफका अनुसार हालै एक कार्यक्रममा अभिनेत्री करिना कपुरले आफू सैफसँग डेटिङमा रहँदा अभिनेता अक्षय कुमारले थर्काएको रोचक घटना सुनाएकी हुन्। आधा दर्जनभन्दा बढी फिल्ममा सँगै अभिनय गरेका अभिनेत्री करिना र अभिनेता अक्षय राम्रा साथी पनि हुन्।

हालसालै अक्षयकी पत्नी ट्विंकल खन्ना र करिना कपुर ‘ट्विक इन्डिया’ कार्यक्रमको सँगै सहभागी भएका थिए। कार्यक्रममा उनीहरूले आफ्ना दाम्पत्य जीवन, काम, स्वास्थ्यदेखि लगभग सबै विषयमा कुराकानी गरेका थिए।

यही क्रममा करिनाले आफू र सैफ अली खानले ‘डेटिङ’ गर्न थालेपछि अक्षयले सैफ अली खानलाई चेतावनी दिएको रहस्य खोलेकी हुन्। करिना र सैफबीच फिल्म ‘टसन’देखि सम्बन्ध अगाडि बढेको हो। सन् २००८ मा रिलिज उक्त फिल्ममा करिना र सैफसँगै अक्षय कुमार पनि प्रमुख भूमिकामा छन्।

अभिनेत्री करिनाले कार्यक्रममा बताएअनुसार अक्षयले सैफलाई करिनासँग विचार पुर्‍याएर व्यवहार गर्न भन्दै थर्काएका हुन्। अक्षयले उनले करिना कपुर खतरनाक परिवारकी सदस्य भएको भन्दै सैफलाई सचेत गराएका थिए।

करिनाले सुनाइन्, ‘उनले मसँग जे पायो त्यही, अन्टसन्ट व्यवहार नगर्न भनेर चेतावनी दिएका थिए। शाहिद कपुरसँगको लामो प्रेम भर्खरै टुटेका बेला करिनाको भेट र सैफसँग भएको थियो।

‘हामी यसरी नजिक भयौं’
अभिनेत्री करिनाका अनुसार सैफसँग लद्दाखमा सुटिङ भएको थियो। त्यस क्रममा सैफ उनलाई मोटरसाइकलमा राखेर घुमाउन लैजान्थे। आपसमा घन्टौं कुराकानी गर्थे।

अनि सुरु भयो– डेटिङ। यसको केही महिनापछि नै सैफले करिनाकी आमा बबितासँग करिना आफूलाई दिन आग्रह गरेका थिए। झन्डै ४ वर्षको प्रेम सम्बन्धपछि सन् २०१२ मा सैफ र करिनले बिहे गरेका हुन्। अहिले उनीहरूका २ छोरासमेत भइसकेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्