H#JG^*8XPo32Fd

खेलकुद परिषदका सदस्यको ज्ञापनपत्र किन गरे मन्त्रीले लिन अस्वीकार ?




काठमाडा । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन् ।

बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन् । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।

ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए । राष्ट्रिय खेलकुद परिषदमा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको उनले बताए ।

बोर्ड सदस्य कुँवरले भन्नुभयो, ‘परिषद्को बैठक बस्न सकेको छैन, यसका लागि मन्त्रीसँग यसको निकास मागेका थियौँ । तर उहाँले भेट्न चाहनुभएन । हामीले खेल र खेलाडीका लागि खेलकुद परिषदभित्रको अन्योल अवस्थाको निकासका निम्ति आह्वान गरेका छौँ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्