एमसीसी बारे प्रचण्डले यस्तो निष्कर्ष सुनाएपछि …



काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा गठबन्धन दलहरुबीच सहमति जुट्न नसक्दा गठबन्धन फुट्ने खतरा बढेको आशंका गरिएको छ । प्रधानमन्त्री शेर वहादुर देउवा अब एमसीसी संसदवाट पास गर्नुपर्ने मनस्थितीमा छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अहिलेकै अवस्थामा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नहुने बताउँदै आएका छन् ।

यसै अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले बिहीबार एक सार्वजनिक कार्यक्रममा एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्ने क्रममा दाहालले एमसीसी सम्झौता संसोधन नभई संसद्बाट पास नहुने बताएका हुन् ।

उनले अमेरिकी सहयोग लिन हुँदैन भनेर आफूले नभनेको भन्दै एमसीसीका केही प्रावधान संसोधन भए यो पनि लिने बताएका हुन् । ‘हामीले अमेरिकी सहयोग लिइरहेका छौँ । एमसीसीका पनि केही प्रावधान संसोधन भए यो लिन सक्छौँ,’ दाहालले भने, ‘एमसीसी संसोधन नहुने हो भने यही अवस्थामा संसद्बाट पास हुन सक्दैन ।’

दाहालले जेठमा स्थानीय तहको निर्वाचन हुने भन्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी तयारी गर्न नेताहरुलाई निर्देशन पनि दिए । उनले सत्ता गठबन्धन फुटाउन एमालेले षडयन्त्र गरेको तर, एमाले सफल नहुने पनि दाहालको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्