मोरङमा भेटिएका २ शव जस्तै ललितपुरमा पनि भेटियो अर्को शव, दुवै घटनामा संलग्न भएको भन्दै अनिल मण्डल पक्राउ



काठमाडौ । मोरङमा भेटिएका २ शव जस्तै अवस्थामा ललितपुरको ठेंचोमा एक जनाको शव फेला परेको छ । मोरङमा केही दिन अघि दुई शव गा डि एको अवस्थामा फेला परेको थिए । शुक्रवार ललितपुरको ठेँचोमा पनि त्यस्तै प्रकृतिको अर्को शव फेला परेको हो । गत माघ १३ गते मोरङको धनपालथान ७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो।

सोही घटनामा सम्पर्क विहिन रहेका अर्का एक ब्यक्ति पनि मृ त फेला परेका हुन् । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए । उनका अनुसार फेला पर्नेमा ६२ वर्षीय मोहन लिम्बू छन्।

‘मोरङमा दुईजना र ललितपुरमा एकजना व्यवसायीको ज्यान लिएको आरोपमा प्रहरीले सिरहाका अनिलकुमार मण्डललाई पक्राउ गरेको छ।
मण्डललाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो। उनकै बयानका आधारमा लतिपुरको गोदावरी नगरपालिका १२ धापाखेलबाट प्रहरीले तेह्रथुमका मोहन लिम्बुको शव गा डे को अवस्थामा फेला परेको थियो ।

लिम्बुको शव स्थानीय प्रमिश थापा मगरको घर पछाडि गाडेको अवस्थामा भेटिएको हो। उक्त घर भाडामा लगाइएको थियो। बिहीबार काठमाडौंबाट घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी मोरङ पठाएको छ। उनी अनिलकुमार मण्डल हुन्।

उनले प्रदीपकुमार थापामगरको एक तले घर गोदाम चलाउने भन्दै भाडामा लिएका थिए। त्यसैघर पछाडि लिम्बूको शव गा डि एको अवस्थामा फेला परेको हो। मोरङमा मृ त फेला पर्नेमा सुनसरी धरान ३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी हुन् । प्रहरीले मोरङमै घटनामा संलग्न केहीलाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ गर्दा ललितपुरमा पनि शव फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्