आज देशभर चट्याङ सहित भारी बर्षा हुने




काठमाडाैं:

आज काठमाडाैं उपत्यकासहित देशभर वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । काठमाडाैंमा पनि राति वर्षा भएकाे थियाे ।

दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन-चटयाङ-असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मौसमविदका अनुसार आइतबारदेखि पश्चिम नेपालका जिल्लाहरुमा मौसममा सुधार आउने छ । तर गण्डकी प्रदेशदेखि पूर्वतर्फ भने भोलि पनि बदली र हल्का वर्षा नै हुने मौसमविद प्रधानाङ्गले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्