काठमाडौंका यी क्षेत्रमा बस्ने सर्वसाधारणको लागि अत्यत जरुरि सूचना, हुने भयो धेरैको उठिबास




काठमाडौं :

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर,  गोठाटारस्थित जग्गामा  आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो ।

१५ दिनभित्र त्यस्ता छाप्रा र संरचना नहटाएमा कोषले आफैँ हटाउने र त्यसबाट हुने क्षति व्यक्ति स्वयमले व्यहोर्नुपर्ने कोषको भनाइ छ। कोषको जग्गामा बनेका छाप्रा भत्काउन पटकपटक सूचना निकाले पनि अटेर गर्दै छाप्रा नभत्काएको पनि कोषको भनाइ छ। कोषले गोठाटारस्थित जग्गा अतिक्रमण गरी बनाएका छाप्रा भत्काउन निर्देशन दिएको हो।

कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्नेछ । साथै कोषले पशुपति मन्दिर जाने सडकमा छाप्रा बनाएर फूललगायत व्यापार गर्नेहरूलाई पनि हटाउने भएको छ।

१५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएकाे छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्