हवाई इन्धनको मूल्य बढेपछि भाडा पनि बढ्यो, कुन गन्तव्यको कति ?



काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएपछि वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएका छन् ।

वायुसेवा सञ्चालक संघले नयाँ निर्णय गर्दै विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो ।

जसअनुसार विभिन्न गन्तव्य अनुसार न्यूनतम ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म हवाई भाडा बढेको छ । जसमा सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढीको हकमा ४४५ रुपैयाँले भाडा वृद्धि भएको छ ।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनमा हाल १५ दिनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा घाटा व्यहोर्दै आएको छ ।

कुन गन्तव्यको भाडा कतिले बढ्यो ?

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै आज त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । बाह्य हवाई इन्धनको मूल्य १०० डलर प्रतिकिलोलिटर वृद्धि गरेको थियो ।

मूल्यवृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल रु १४२, डिजेल र मट्टितेल रु ११५ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १०० डलरले बढाएर प्रतिकिलोलिटर एक हजार ९५ डलर निर्धारण गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्