अमेरिकी सैन्य कारबाहीमा मा’रिए आइएसआइएसका नेता




एजेन्सी : उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम ल’डा’कु समूह इस्लामिक स्टेट (आईएस) समूहका एक वरिष्ठ उपप्रमुखले आ’त्म’घा’ती बि’स्फो’ट ग’रा’एर आफ्नो ज्या’न लि’एका छन् ।

सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आ’त्म’घा’ती बि’स्फो’ट’न गराएर आफू र आफ्नो परिवारको ज्या’न लि’ए’को अमेरिकी अधिकारीले दाबी गरेका हुन् ।

भि’ष’ण गो’ला’बा’रीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीन तले घरको चारैतिरबाट घेरा हा’ले’का थिए । लगत्तै उनले आ’त्म’घा’ती बि’स्फो’ट गराएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको उक्त कारबाहीमा कुरेसीको मृत्यु भएको जानकारी दिएका छन्।

अमेरिकी सैनिकले उक्त कारबाही बिनाकुनै क्षति सफल बनाएको बाइडेनको भनाइ छ। अमेरिकी कारबाहीका क्रममा महिला र बालबालिकासहित १३ जनाको मृत्यु भएको बताइएको छ।

दुई दर्जन अमेरिकी कमाण्डोहरूले बिहीबार हेलिकप्टरबाट उक्त कारबाही चलाएका थिए। उनीहरूले कुरेसी बसेको तीन तले घरमा कारबाही केन्द्रित गरेका थिए।

यसअघि सन् २०१९ मा आइएसआइएसका तत्कालीन नेता अबु बक्र अल बग्दादीलाई अमेरिकाले यस्तै कारबाहीमा मारेको थियो। बग्दादीको मृत्युपछि कुरेसीले आइएसआइएसको नेतृत्व सम्हालेका थिए। उनका बारेमा धेरै कुरा सार्वजनिक गरिएको छैन। विश्लेषकहरूले उनको मृत्युले उक्त संगठनलाई ग’म्भीर ध’क्का लाग्ने बताएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्