एमाले एमसीसीको पक्षमा उभिए पार्टी छाड्ने भीम रावलको घोषणा




काठमाडौ । नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएपछि पार्टीमा कुनै भूमिका नपाएका नेता डा। भीम रावलले एमाले एमसीसीको पक्षमा उभिए आफुले पार्टी छाड्ने घोषणा गरेका छन् । उनले एमसीसी सम्झौतामा रहेका केही बुँदाहरु देशको हितमा नरहेकादे ति बुँदा सम्सोधन नगरी एमाले एमसीसीको पक्षमा उभिए पार्टी छाड्ने घोषणा गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना गर्दा भारतको पनि सहमति हुनुपर्ने, अमेरिकाकै कानुन नेपालको कानुनभन्दा माथि हुने लगायतका केही बुँदा अस्पष्ट रहेको उनको दाबी छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियासँग कुराकानी गर्दै उनले एमसीसी सम्झौता नेपालमा ल्याउनमा बाबुराम भट्टराईको पनि हात रहेको बताएका छन् ।

सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान पनि तत्कालीन एमालेकै अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको उनले बताएका छन् । खतिवडालाई कारबाहीको दायरमा ल्याउन आफूले सअघि नै आवाज उठाएको उनको दाबी छ । एमसीसीमा मतदान गर्न पार्टीले ह्विीप लगाएको खण्डमा आफू त्यसको विपक्षमा उभिने उनको दाबी छ ।

यसको अर्थ उनी पार्टी परित्याग पनि गर्न सक्नेछन् । ‘एकीकृत समाजवादीमा तपाई प्रवेश गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले अहिले अन्य पार्टीमा जाने नजाने नरहेको र आफू एमाले नै रहेको उनो दाबी छ । भविष्यमा के हुन सक्छ भन्ने कुरा अहिल्यै प्रष्ट नभैसकेको उनेको दाबी छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्