केटाकेटी उपयुक्त तरिकाले हुर्काउँन गाउँ लिएर जानु पर्ने ? यी तस्विर र शब्द किन भए भाइरल ?



काठमाडौं । ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’ गीत खुबै चर्चामा रहेको थियो । गीतमा गाउँ र शहरमा हुने भिन्नता देखाउन खोजिएको थियो । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा केहि न केहि भाइरल हुने गर्छ ।

सामाजिक सञ्जाल ट्विटरमा एक तस्विर खुबै चर्चामा रहेको छ । कुल्लु र मनाली, भारतकी तिशा डोगराले एक युवतीको तस्विर साझा गरिन् । तस्विरसँगै क्याप्सन लेखिएको छ, ‘सहरी बालबालिकालाई गाउँमा लैजानुहोस् नत्र यस्तो भइरहनेछ ।’

एक युवती गोबरको तस्विर लिइरहेकी छिन् । हजारौंले मन पराएको सो तस्विरमा सयौंको संख्यामा प्रतिकृयाहरु आइरहेका छन् । मञ्जु लेख्छिन्, ‘तपाईंका अनुसार सहरमा गाईको गोबरबारे जानकार हुँदैनन् ।

सहरका बालबालिका गाईको गोबरप्रति पूर्णतया अनभिज्ञ छन् किनभने शहरमा गाई गोबर गर्दैन् ।’ एक आमा लेख्छिन्, ‘साँचो, केटाकेटी हुर्काउनको लागि एउटा गाउँ चाहिन्छ ।

रमाइलो एक ठाउँमा, जब मैले मेरा बच्चाहरूलाई मेरो पुर्खाको गाउँमा लिएर गएँ, तिनीहरू मन्त्रमुग्ध थिए । तिनीहरूलाई आफ्नो जग थाहा दिनुहोस् ।’ यसमा थरी थरीका रमाइला प्रतिकृयाहरु आइरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्