अमिताभ बच्चनले बेचे आफ्नो पुख्र्यौली घर, मुल्य सुनेर पर्नु हुनेछ चकित्



एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमिताभको दिल्लीको घरको नाम सोपान थियो । गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने खुलेको छैन । अमिताभको यो घरलाई अभ्नी बडेरले खरिद गरेका छन् । ४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए ।

गुलमोहर पार्कको बंगला ‘सोपान’ निकै चर्चित छ । बिग बीले पनि आफ्नो आमा तेजी बच्चनको नाममा दर्ता भएको ब्लगमा धेरै पटक सोपानको उल्लेख गरेका छन् । तेजी बच्चन गुलमोहर पार्क हाउसिङ सोसाइटीका सदस्य थिए। मुम्बई आउनुअघि अमिताभ यहाँ आफ्ना आमाबुवासँग बस्थे ।

अमिताभ बच्चनको मुम्बईमा पाँचवटा बंगला छन् । अमिताभ आफ्नो सम्पूर्ण परिवारसँग जलसामा बस्छन्। हरेक आइतबार यहाँ उनलाई भेट्न फ्यानहरु आउँछन् । यो करिब १० हजार स्क्वायर फिटमा फैलिएको छ ।अमिताभ बच्चनको जलसा बंगला मुम्बईको जुहूमा अवस्थित छ । दोस्रो बंगला ‘प्रतीक्षा’ हो, जहाँ उनीहरु ‘जलसा’ मा सर्नुअघि बस्थे। उनको तेस्रो बंगला ‘जनक’ हो, जहाँ उनको कार्यालय छ । जबकि चौथो बंगला वत्स हो। जुन उनले बैंकलाई भाडामा दिएका छन् ।

२०१३ मा पनि उनले ‘जलसा’ को पछाडि ६० करोडको बंगला किनेका थिए । अमिताभ बच्चनले अंधेरी क्षेत्रमा डुप्लेक्स फ्ल्याट भाडामा दिएका छन् । अमिताभ बच्चनले ३१ करोडमा डुप्लेक्स लग्जरी फ्ल्याट किनेका छन् ।

अमिताभ मुम्बई आएपछि उनका माता–पिता पनि उनीसँगै आएका थिए । घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्नेछन् ।अमिताभको मुम्बईमा चारवटा घर छन् । जसमध्ये अमिताभ र उनको परिवार जलसामा बस्दै आएका छन् । यस्तै, अमिताभको दुबईमा पनि भिल्ला छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्