गंगुबाई काठियावाडीको ट्रेलर रिलिज, स्तब्ध पर्ने आलियाको अभिनय (भिडियो हेर्नुस्)


banner

एजेन्सी । निर्माता निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित चलचित्र गंगुबाई काठियावाडीको दर्शकले आतुरताका साथ प्रतिक्षा गरिरहेका छन् । यस फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा देखिनेछिन् ।

फिल्मको रिलिज अगावै निर्माण पक्षले यसको ट्रेलर सार्वजनिक गरेपछि दर्शकमा फिल्म हेर्ने उत्साह दोब्बर हुने निश्चित छ । फिल्ममा आलिया भट्टका अलावा अजय देवगन पनि देखिनेछन् । फिल्ममा उनले मुम्बईका डन करीम लालाको भूमिका निभाएका थिए । फिल्मको ट्रेलर हेर्दा यो फिल्म हिट साबित हुने देखिन्छ ।

फिल्म २५ फेब्रुअरीमा रिलिज हुँदैछ
सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित फिल्म यस महिनाको फेब्रुअरी २५ मा रिलिज हुन लागेको छ । फिल्म गंगुबाई काठियावाडीको कथा पुस्तक ‘द माफिया क्वीन अफ मुम्बई’ मा आधारित छ । यो किताब हुसेन जैदीले लेखेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्