राज कुन्द्राले शिल्पा शेट्टीको नाममा गरिदिए मुम्बईका ५ फ्ल्याट, करोडौंको सम्पत्ति



एजेन्सी पोर्नोग्राफी प्रकरणमा व्यवसायी राज कुन्द्राको नाम आएपछि उनी र शिल्पा दुवै विवादमा परेका छन् । अहिले राज कुन्द्राले अभिनेत्री शिल्पा शेट्टीको नाममा ५ वटा फ्ल्याट ट्रान्सफर गरेको खबर आएको छ । यो जानकारी सम्पत्ति खरिद ट्र्याक गर्ने वेबसाइट मार्फत प्राप्त भएको हो। राज कुन्द्रा गत वर्ष पोर्नोग्राफी मु द्दामा पक्राउ परेका थिए तर पछि उनले जमानत पाएका थिए । उनी बाहेक यस मामिलामा अन्य धेरैको नाम पनि बाहिर आएको थियो र शिल्पा शेट्टीलाई पनि सोधपुछ गरिएको थियो ।

रिपोर्टका अनुसार राज कुन्द्राले मुम्बईमा रहेको आफ्नो बंगला ‘किनारा’ को पूरा पहिलो तल्ला श्रीमती शिल्पा शेट्टी कुन्द्राको नाममा हस्तान्तरण गरेका छन् जसमा ५ फ्ल्याट छन् । यस सम्पत्तीको मूल्य ३९ करोड भनिएको छ। उनको बंगला समुद्र तटबाट करिब ३ सय मिटर टाढा बनेको छ । राज कुन्द्राको वास्तविक नाम रिपु सुदन कुन्द्रा हो । हाल यो बंगलामा शिल्पा र राज कुन्द्रा बस्छन्। तर, सम्पत्ति हस्तान्तरणका सम्बन्धमा दुवैबाट कुनै प्रतिक्रिया आएको छैन ।

राज कुन्द्रा र शिल्पा शेट्टीको जुहु क्षेत्रको गान्धीग्राम रोडमा अवस्थित ‘किनारा’ बंगाल ५,९५५ स्क्वायर फिटमा फैलिएको छ। ट्रान्सफर मार्केट भ्यालुका अनुसार यस क्षेत्रको जग्गाको मूल्य ६५ हजार स्क्वायर फिट रहेको र सोही बजार मूल्यका आधारमा शिल्पाले यस फ्ल्याटका लागि १ करोड ९ लाख रुपैयाँ स्ट्याम्प ड्युटी तिरेको रिपोर्टमा उल्लेख छ । स्रोतका अनुसार यो लेनदेन २१ जनवरी २०२२ मा भएको थियो।

अभिनेत्री शिल्पा शेट्टीले सन् २००९ मा व्यवसायी राज कुन्द्रासँग विवाह गरेकी थिइन्, त्यसपछि उनी आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहिन् । विवाहपछि राज कुन्द्राले शिल्पालाई धेरै अनमोल उपहार दिएका छन् जसको मूल्य करोडौं रहेको बताइएको छ । शिल्पा र राज कुन्द्रा प्रायः आफ्नो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने गर्दथे तर पोर्नोग्राफी मु द्दामा फसेपछि राज कुन्द्राले उनलाई सबै सामाजिक सञ्जालबाट टाढा बनाएका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने शिल्पा शेट्टी शब्बीर खानको आगामी फिल्म ‘निकम्मा’ मा देखिने छिन् । यो फिल्ममा उनी अभिमन्यु दसानी र शर्ली सेटियासँगै देखिनेछिन् । यस बाहेक शिल्पा रियालिटी शोहरुमा पनि जजको रुपमा देखिने गर्छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्