अमिताभले बेचे आफै हुर्केको दिल्लीको घर



अमिताभ बच्चनले दिल्लीमा आफू हुर्केको घर २३ करोड भारतीय रुपैयाँमा बेचेका छन्। दिल्लीको दक्षिण भेगमा रहेको गुलमोहर पार्कमा बनेको उक्त घरको नाम ‘सोपान’ रहेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घर निजोन ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत अभ्नी बदेरले खरिद गरेका हुन्। बदेर र बच्चन परिवारको पारिवारिक सम्बन्ध रहेको छ।

बदेरले यो पुरानो संरचनालाई मर्मत र सजावटको जरुरत रहेको जनाएका छन्। उनि त्यही क्षेत्रमा बसोबार गर्ने भएकोले अरु घरजग्गाको आवश्यकता परेको समयमा यो अफर आएको र छिट्टै नै अफर स्विकार गरेको बताएका छन्।

यो घरमा अमिताभलाई उनका पिता कवि हरिवंश राय बच्चन र आमा तेजी बच्चनले हुर्काएका थिए। अमिताभको दिल्लीको घरको नाम सोपान थियो । अमिताभको यो घरलाई अभ्नी बडेरले खरिद गरेका छन् । ४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए ।

अमिताभ मुम्बई आएपछि उनका माता–पिता पनि उनीसँगै आएका थिए । घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्नेछन् ।

अमिताभको मुम्बईमा चारवटा घर छन् । जसमध्ये अमिताभ र उनको परिवार जलसामा बस्दै आएका छन् । यस्तै, अमिताभको दुबईमा पनि भिल्ला छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्