ज्याकलिनसंगका निजी तस्बिर लिक भएपछि सुकेशले जेलवाट लेखे यस्तो पत्र, ज्याकलिनलाई किन दिएका थिए करोडौँको गिफ्ट त्यो पनि खुलाए



एजेन्सी । सुकेश चन्द्रशेखर २०० करोड ठगी गरेको आरोपमा तिहाड जेलमा छन् तर अभिनेत्री ज्याकलिन फर्नान्डिज र सुकेश चन्द्रशेखरको सम्बन्धलाई लिएर नयाँ खुलासा भइरहेका छन् । यस मामिलामा अहिलेसम्म सुकेशले ज्याकलिनलाई महँगो गिफ्ट दिएको चर्चा चलेको थियो तर दुबै जना रिलेशनमा रहेको खुलासा भएपछि उनीहरुको निजी तस्विरहरु पनि सार्वजनिक भए । अब सुकेशले पनि यी तस्विरहरुमा प्रतिक्रिया दिँदै जेलवाट आफ्ना वकिल मार्फत पत्र पठाएका छन् । यो गोपनियताको उल्लङ्घन भएको भन्दै पत्र लेखेका छन् ।

निजी तस्बिर लीक भएपछि जेलबाट लेखिएको चिठ्ठी
ज्याकलिनसँगको व्यक्तिगत तस्बिर सार्वजनिक भएपछि सुकेश चन्द्रशेखरले आफ्ना वकिलमार्फत चिठ्ठी लेखेर असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, यो निकै दुःखद र विचलित गर्ने कुरा हो । व्यक्तिगत तस्बिरहरू कसरी फैलिएको छ भनेर मैले गत हप्ता समाचारबाट थाहा पाएँ। यो कसैको व्यक्तिगत स्थान र गोपनीयता को उल्लङ्घन हो। यससँगै सुकेशले आफ्नो र ज्याकलिनको तस्विरलाई गलत नबनाउन पनि पत्रमा अपिल गरेका छन् ।

किन दिइयो महँगो उपहार ?
सुकेशले लेखेका छन्, ‘म तपाईलाई ज्याकलिनलाई गलत नबनाउन अनुरोध गर्दछु, यो उनको लागि सजिलो छैन । जसले मलाई निस्वार्थ माया गर्यो। मैले पहिले नै उल्लेख गरिसकेको छु कि ज्याकलिनको मनी लान्ड्रिङ के स सँग कुनै सम्बन्ध छैन। मैले ज्याकलिन र उनको परिवारको लागि जे गरेँ, आफुले माया गर्ने जसलाई पनि गर्ने गरिन्छ ।

सुकेश चन्द्रशेखरले आफू र ज्याकलिन एकअर्कासँग प्रेममा रहेको दाबी गरेका छन् । तर ज्याकलिनले भने आफुहरुको प्रेम भएको कुरा भने अस्वीकार गरेकी छन् । उनले आफूलाई यस मामिलामा पीडित भएको बताएकी छिन् । मनी लान्ड्रिङ प्रकरणमा ज्याकलिनको नाम आएपछि उनलाई पटकपटक सोधपुछका लागि बोलाइएको थियो । रिपोर्टका अनुसार सुकेशले ज्याकलिनलाई करोडौंको महँगो उपहार दिएका थिए । यस मामिलामा ज्याकलिन सहित नोरा फतेही जस्ता धेरै कलाकारहरुको नाम पनि सार्वजनिक भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्