तराईमा चलेको हावाहुरीले २ विद्यार्थी र एक महिलाको मृत्यु



काठमाडौ । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । यता रौतहटमा एक महिलाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ । ठूलो हावाहुरीका कारण अचानक विद्यालय विद्यालय प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।

उता रौतहटको बौधीमाई नगरपालिका(१ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्