अब भौतिक रुपमा विद्यालय खोल्ने कि नखोल्ने ? आउँदैछ यस्तो निर्णय




काठमाडौ । कोभिड संक्रमण बढेसंगै बन्द गर्ने निर्णय गरिए पछि विद्यालयले अनलाईन कक्षा संचालन गरिरहेका छन् । अब स्वास्थ्य मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण दर घट्दै गएको जनाएको छ । यस्तो अवस्थामा अब भौतिक रुपमा विद्यालय संचालन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवालासँग छलफल गरेका छन् ।

कोभिड संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो ।

स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो । बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । कोभिड भाइरस संक्रमणको तेस्रो लहर बढेको भन्दै सरकारले माघ मसान्तसम्म भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्