श्रीमतीले गरिन् यस्तो कमेन्ट, कपिल शर्माले भने–’पहिलो पटक कसैले मेरो बोली बन्द गर्दियो’



कपिल शर्मा यतिबेला आफ्नो नेटफ्लिक्स स्पेशल ‘आइ एम नट डन एट’ लाई लिएर चर्चामा छन् । कपिल शर्माले यो कमेडी स्पेशलबाट ओटीटी डेब्यू गरेका छन् । उक्त कार्यक्रममा दर्शकको मिश्रित प्रतिक्रिया आएको थियो । शोमा धेरै हाँस्ने क्षणहरू थिए, तर सबैभन्दा रमाइलो थियो कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथबीचको कुराकानी।

कपिलले फ्यानको कमेन्टको जवाफ दिए
कपिलले आफ्नो शोमा श्रीमती गिन्नी चतरथलाई सेकेन्ड ह्यान्ड स्कुटर चलाउने कपिल शर्मासँग किन बिहे गरेकी थियौ भनेर सोधेका थिए । त्यसको जवाफमा गिन्नीले भनिन्– धनिसंग त सबैले विवाह गर्छन यो गरिबको उद्दार गरिदिउँ भनेर विवाह गरेँ । यो सुनेर सबै जना ठुलो स्वरले हाँसे । अब कपिल शर्माले नेटफ्लिक्ससँग मिलेर धन्यवाद भिडियो बनाएका छन्।

यस भिडियोमा कपिल शर्माले आफ्नो शोबाट पाएको प्रशंसाका लागि फ्यानलाई धन्यवाद दिइरहेका छन् । एक फ्यानले कमेन्ट गरे – सबैभन्दा राम्रो कमेडी लाइन हो जब गिन्नीले भनिन्– यो गरिबको भलाइ गर्नुपर्छ भन्ने लाग्यो । जसको जवाफमा कपिलले भने– साँच्चै, पहिलो पटक ममाथि कोही भारी भएको छ ।

खैर, जब गिन्नी चतरथले यो संवादमा कपिल शर्मालाई यसो भनेकी थिइन् त्यती बेला उनको बोली बन्द भएको थियो । उनले गिन्नीबाट माइक फिर्ता लिनुपर्ने बताएका थिए, किनकि यदि यसरी चल्यो भने नेटफ्लिक्सले उनलाई पछि साइन गर्नेछ । कपिल शर्माले ठट्टा गर्दै भनेका छन्, ‘मैले काम गरिसकेको छैन कि श्रीमती गिन्नीले उनलाई कामवाट धपाउन चाहन्छिन्, त्यसैले उनले कपिलको सम्झौता नेटफ्लिक्ससँग गराए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्