हावाहुरीका कारण २ बिद्यार्थी सहित एक महिलाको मृत्यु



जनकपुरधाम: मौसम बदलीसँगै आएको हावाहुरीका कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ। रुख ढल्दा धनुषाको सबैला नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकामा गरी तीन जनाको मृत्यु भएको हो।

धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हावाहुरीका कारण रुख ढ’ल्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरू विद्यालयमा खेलिरहँदा एक्कासी रूख ढ’लेको थियो । ढ’लेको रूखले टाउकोमा चो’ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएरातिबाट जारी हावाहुरी र अविरल वर्षामा परी रौतहटमा एक जना महिलाको घरमा च्या’पिए’र मृत्यु भएको छ। शुक्रवार दिउँसो करिब १२ बजे बौधीमाई नगरपालिका १ अजगैबी निवासी राम मंगल राय यादवको श्रीमती ४५ वर्षीया फुलमतिया देवीको आफ्नै खपडाले छाएको गोठ घरमा मृत्यु भएको हो।

घर गोठमा वसिरहेको अवस्थामा वर्षा र हावाहुरीको कारण घर भ’त्किन जाँदा इट्टा, खपडा र काठले च्या’पि’एर घाइते भइ उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्