५० करोडको सम्पत्ती आफ्नो बनाउन अनिलले ललितपुरमा घर भाडामा लिएर ३ जनाको ज्यान लिने योजना बनाए



काठमाडौ । आफ्नो ब्यवासायीक साझेदारको ज्यान लिन अनिल कुमार मण्डलले ललितपुरमा घर भाडामा लिएको खुलेको छ । गोदामका लागि भन्दै अनिलले ३० हजार रुपैया प्रति महिना भाडा तिर्ने गरी एउटा घर भाडामा लिएका थिए । विहिवार मोहन लिम्बुको शव फेला परेपछि उनी वारे अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो ।

प्रहरीले बिहीबार गोदावरी नगरपालिका १२ थेंचो चरङ्गखेलस्थित गोदामघर रहेको कम्पाउन्डमा गा डि एको अवस्थामा लिम्बुको शव फेला पारेको थियो ।
करिब पाँच फिट गहिरो खा ल्डो मा शव भेटिएको थियो । उनले छिटै शव गलोस भनेर नुन पनि हालेका थिए ।

मोरङको धनपालथान गाउँपालिका २ को उखुबारीमा यही माघ १३ र १४ गते राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको पनि शव उस्तै अवस्थामा फेला परेको थियो । उनीहरुको पुष ५ गते ज्यान लिएको खुलासा भएको छ । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले मण्डललाई काठमाडौंबाट पक्राउ गरी बयान लिए पछि लिम्बुको बारेमा पनि थाहा भएको हो ।

उनले दिएको बयानका आधारमा प्रहरीले खान तलासी गर्दा लिम्बुको शव फेला परेको थियो । ललितपुर प्रहरीका प्रवक्ता सिद्धिविक्रम शाहकाअनुसार लिम्बुको ज्यान त्यो भन्दा पहिले नै लिइएको थियो । लिम्बुको घटना मंसिर २८ गते भएको उनले प्रहरीलाई बताएका थिए । यति धेरै ब्यवसायीक साझेदारलाई सिध्याउने योजना बनाउने उनले ललितपुरमा घर भाडामा लिएर राखेका थिए । लिम्बुको ज्यान लिनु भन्दा रिब तीन महिनाअघि गोदामका लागि भन्दै घर भाडामा लिएको प्रहरीले उनलाई सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनका क्रममा जनाएको छ ।

प्रहरीकाअनुसार सुरुमा मण्डलले घरभित्रै खा ल्डो बनाएर गा ड् ने प्रयास गरेका थिए । तर, घरभित्र ढलान गरेका कारण त्यो सम्भव भएन । त्यस पछि उनले गोदामघर पछाडिको कम्पाउन्डमा शव गा डे को प्रहरी बताउँछ । प्रहरीका अनुसार शव गा डे पछि उनले माथिबाट सिमेन्टले ढलान गरिदिएका थिए ।

उनले कारोबार रकम एकलौटी बनाउने उद्देश्यले तीनजनाको ज्यान लिएको वयान प्रहरीलाई दिएका छन् । मण्डलसहित पक्राउ परेका अमित भनिने दिननाथ सोनार र नासिर आलमलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

‘सबैभन्दा पहिले लिम्बुको ज्यान लिए पछि मोरङमा अन्य दुई जनाको पनि ज्यान लिएको बयान उनले दिएका छन् । ललितपुरमा घटना गराएपछि उनी मण्डल श्रेष्ठ र चौधरीलाई लिएर मोरङ गएका थिए । प्रहरीकाअनुसार मोरङमा दुईजनाको ज्यान लिन मण्डलले भारतीय नागरिकको सहायता लिएको आशंका छ । ती भारतीय नागरिक अहिले फ रा र छन् ।

प्रहरीकाअनुसार चारजना मिलेर ५० करोड बराबरको जग्गा बैना गरेका थिए भने हाइड्रोपावर, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आएको खुलेको छ । यति धेरै रकम एकलौटी बनाउन उनले योजनावद्ध रुपमा घटना गराएको प्रहरी अनुसन्धानवाट खुलेको छ । यसबारे केही कागजात फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्