जब जवानले मोटरसाइकल चढेर आएका ‘असइ’लाई पक्राउ गरे



काठमाडौं । जोर–बिजोरको नियम पालना गराउन उपत्यकामा प्रहरीले विभिन्न ठाउँमा चेकप्वाइन्ट राखेको छ । भद्रकालीमा पनि चेकप्वाइन्ट छ ।

जहाँ बुधबार चेकिङको क्रममा रमाइलो घटना भयो । बिजोर गते एक व्यक्ति जोर नम्बरको मोटरसाइकल चढेर आए । प्रहरी जवान लालु प्रसाद यादबले उनलाई रोके । ती व्यक्तिले आफु असई भएको बताए । तर, परिचय देखाउन आग्रह गर्दा देखाउन सकेनन् ।

झोलामा भने असईको यूनिफर्म बोकेर हिडेका थिए । शंका लागी उनीमाथि छानबिन गर्दा नक्कली असई भएको खुलेको छ । सूर्यबिनायक घर बताउने ती व्यक्ति सोनाम तामाङ भएको र उनीसँग आठ वटा पासपोर्ट समेत ब’रामद भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । यूनिफर्म भेटिएकाले त्यो कहाँ खरिद गरे भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङ रहेका छन्। उनले तामाङले प्रहरी चेकिङका क्रममाब आफु विभागीय कर्मचारी भएको भन्दै प्रहरीलाई थ’र्काएका थिए। सोधपुछका क्रममा तामाङमाथी शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले तामाङको साथबाट असईको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटासमेत फेला परेको छ। प्रहरीवृत्त सिंहदरबारको टोलीले तामाङलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्