म्युजिक प्रड्युसर, भ्लगर चेतन कार्की काठमाडौं आउंदै गर्दा बीचबाटोमा पक्राउ



काठमाडौं ।

भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् । गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ ।

उनलाई बर्दिबासबाट धुलिखेल आउँदै गरेको अवस्थामा प्रहरीले ब्रा’उ’नसु’ग’र र गाँ’जा’सहित १९ गते पक्राउ गरेको हो । मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गर्दा ४.१३० ग्राम ब्रा’उ’न सु’ग’र र ६.९४० ग्राम गाँ’जा’सहित पक्राउ परेका थिए ।

उनका अनुसार काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षका कार्की सुनसरीबाट काठमाडौं आउदैँ गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए। उनी म्युजिक प्रड्युसर हुन्। उनको युट्युबमा ५ लाख ६९ हजार सब्सक्राइबर छन्।

उनीमाथि ला’गु’औ’ष’ध मु’द्दा’मा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जब जवानले ‘असइ’लाई पक्राउ गरे

जोर–बिजोरको नियम पालना गराउन उपत्यकामा प्रहरीले विभिन्न ठाउँमा चेकप्वाइन्ट राखेको छ । भद्रकालीमा पनि चेकप्वाइन्ट छ ।

जहाँ बुधबार चेकिङको क्रममा रमाइलो घटना भयो । बिजोर गते एक व्यक्ति जोर नम्बरको मोटरसाइकल चढेर आए । प्रहरी जवान लालु प्रसाद यादबले उनलाई रोके । ती व्यक्तिले आफु असई भएको बताए । तर, परिचय देखाउन आग्रह गर्दा देखाउन सकेनन् ।

झोलामा भने असईको यूनिफर्म बोकेर हिडेका थिए । शंका लागी उनीमाथि छानबिन गर्दा नक्कली असई भएको खुलेको छ । सूर्यबिनायक घर बताउने ती व्यक्ति सोनाम तामाङ भएको र उनीसँग आठ वटा पासपोर्ट समेत बरामद भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । यूनिफर्म भेटिएकाले त्यो कहाँ खरिद गरे भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्