पत्रकार कमलराज राईको मृत्यु



काठमाडौं । पत्रकार कमलराज राईको हृ’दय घा’तका कारण निधन भएको छ । बिहीबार साँझ उपचारका क्रममा मित्रापर्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा पत्रकार राईको मृत्यु भएको हो ।

पछिल्लो समय सामान्य बिरामी रहेका राईलाई बिहीबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान अचनाक राईको स्वास्थयमा समस्य आएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । भेन्टिलेटरको आवश्यक्ता परेपछि थप उपचारका लागि नेपाल–भारत मैत्री अस्पताल लगिएको थियो । राईको उपचारको क्रममा सोही अस्पतालमा निधन भएको हो ।

४५ वर्षीय राई दुई दशकदेखि पत्रकारीतामा सक्रिय थिए । पछिल्लो समय उनी प्रभाव राष्ट्रिय दैनिकको सम्पादक रहेका थिए । राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमिति सदस्यसमेत रहेका थिए । उनी गत साल सम्पन्न महासंघको सदस्यमा खुला तर्फबाट सर्वाधिक मत ल्याई विजयी भएका थिए ।

ओखलढुंगाको उबु गाउँमा जन्मिएका राईले माउन्टेन टेलिभिजन, सौर्य दैनिक, सिटिपोष्ट दैनिक, कमाण्डर पोष्ट दैनिकका साथै खम्बुवान पत्र, न्युज अप्रेसन, नयाँसन्देश साप्ताहिक, गोरखा सैनिक आवाज साप्ताहिक आवाजलगायतका धेरै सञ्चारमाध्यममार्फत् पत्रकारिता गरेका थिए ।

त्यस्तै उनी पछिल्लो समय खासखबर साप्ताहिकको प्रकाशक र सम्पादकसमेत रहेका थिए । उनले पछिल्लो समय अर्थ सवाल साप्ताहिक, तामोकाशी साप्ताहि(कमा नियमित लेखन पनि गर्दै आएका थिए ।

राईको पार्थिव शरीर अन्तेष्टिको लागि शुक्रबार बिहान उनकै गाउँ ओखलढुंगाको उबु लगिएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृ’दयघा’तका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो ।

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्