आज रातभरी हावाहुरी सहित पानि र हिउँ पर्ने



काठमाडौं :

बिहीबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।

उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।

‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’

यस्तै हावाहुरी अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरीले रुख भाँ’च्चि’एर लाग्दा धनुषामा २ जना र वर्षाका कारण घर भ’त्किँ’दा रौतहटमा १ जनाको मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भ’त्किँ’दा घरमा च्या’पि’एर रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

यस्तै, धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँ’च्चि’दा रुखमा च्या’पि’ए’र २ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूखमा च्पा’पि’ए’र सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, ग’म्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्