सुनसरीमा बस र ट्रक ठो’क्किँदा आ’गलागी, दुवै चालकको मृत्यु, अन्यको खोजी हुँदै



प्रकाश तिम्सिना/ सुनसरी :

पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठ’क्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ ।

पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठ’क्कर खादा गाडीमा आ’गला’गी भएको थियो । आ’गला’गीमा ज’लेर दुवै चालकको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा न’ष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ ।

आ’गोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ । प्रतिकुल मौसम र ति’ब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । अहिले सो सडक पूर्ण रुपमा अ’बरुद्ध छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्