शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश




काठमाडौं :

पो’ ‘र्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।

अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘नोटिस जारी गरिएको छ । यही बीच अपिलकर्ताको विरु’द्ध कुनै पनि द’ण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।

शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आ’रोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।

अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

बो’ल्ड फोटोसुटका कारण सधैं चर्चामा रहने बलिउड नायिका शर्लिन चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन्।

यसैबीच चोपडाले का स्टिङ का उचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै का उस्टिङ का उचको शिकार भएको खुलासा गरेकी हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्