गर्भवती श्रीमतीलाई श्रीमानले ….



काठमाडाैं :

एक ग’र्भवती महिलाको ज्या’न लि’एको आरोपमा कपिलवस्तुमा पति र ससुरालाई प्रहरीले पक्राउ गरेकाे छ।

यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई यस्तो गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम र उनकाे बुवा ५० वर्षीय अब्बासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृतक महिला दुई महिनाको ग’र्भव’ती भएको र मृत्यु शं’का’स्पद भ’एकोले शुक्रबार गा’ डे’को श’व उ’त्ख’नन गरी पो’ष्टमा’र्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएकाे छ।

बिहीबार बेलुका रहिसुन्निसाको ज्या’न लि’ए’र र भोलिपल्ट शुक्रबार स’तग’त ग’रिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

यस क्रममा ती महिलाका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो क’मान्डमा प्रहरीको टोली पुगेर ला’स उ’त्ख’न’न गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।

यो पनि : टेम्केमैयुङमा विद्युत्ले ल्यायो परिवर्तन

भौगोलिक विकटता रहेको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ ।

दुर्गम स्थानका बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका हुन् । एक सय ७३ दशमलब ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा छन् । यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रुपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् पु¥याएपछि उनीहरुमा उत्साह थपिएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा निकै ठूलो लगानीमा विद्युत् सेवा विस्तार भएको हो ।

वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकीमा नै परिवर्तन आएको बताउनुभयो । “आफ्नो ठाउँमा विद्युत् आएकामा आफूलाई सपना जस्तो लागेको छ”, उहाँले भन्नुभयो, “हाम्रो जस्तो जङ्गलको बीचमा रहेको बस्तीमा विद्युत् विस्तार होला भन्ने सोचेको नै थिइन् । गाउँपालिकाको सक्रियतामा घना जङ्गलबाट तार टाँगेर गाउँसम्म विद्युत् आएको छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासी सूचनाको पहुँचमा जोडिएका छन् भने विद्युतीय उपकरणहरुको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएका छन् । स्थानीयवासी नवीन राईले भन्नुभयो, “वास्तवमा अन्य गाउँबस्तीबाट टाढा रहेको यो स्थानमा विद्युत् आउँदा हामी निकै हर्षित छौँ । अहिले हाम्रो जस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । यसले गर्दा हामीलाई सूचनाको पहँुचमा जोडिन सहज भएको छ ।”

गाउँपालिका केन्द्र तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नु पर्ने उहाँले बताउनुभयो । “हाम्रो ठाउँ निकै नै दुर्गम स्थानमा छ । हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । स्थानीय सरकार आएपछि हामीले केही विकासको अनुभूति गर्न पाएका छौँ”, राईले भन्नुभयो । यहाँका स्थानीयवासी अहिले इन्टरनेट, टेलिभिजन तथा सूचनाको पहुँचमा जोडिएका छन् भने उनीहरुको दैनिक क्रियाकलापसमेत फेरिएको छ ।

वर्षौंदेखि अँध्यारोमा बस्दै आएका अर्को दुर्गम स्थान वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरुले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेको छन् भने विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा समेत जोडिएका छन् । विद्युत्ले दैनिक जीवन गुजारा गर्न सहजता भएको स्थानीयवासी फुर्तेन्जी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्ले हाम्रो दैनिक जीवनयापनमा फेरबदल आएको छ । विद्युतीय मिल चलाएका छौँ । जाडोमा हिटर चलाएका छौँ । फर्निचर उद्योगहरु चलाएका छौँ । उज्यालोमा बस्न पाएका छौँ । अहिले हामीलाई धेरै सहज भएको छ ।”

टेम्केमैयुङ गाउँपालिका २०७७ सालको कात्तिक महिनामा प्रदेश नं १ मा नै पहिलो उज्यालो स्थानीय तह घोषणा भइसकेको छ । योजनाबद्ध विकासमा ध्यान दिएकाले उज्यालो गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाको भनाइ छ । स्थानीयवासीलाई सूचना तथा सञ्चारको पहुँचमा जोड्न सके उनीहरुको चेतनामा विकास गर्न सकिने भएकाले विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । उहाँले भन्नुभयो, “म निर्वाचित भएर आएदेखि नै विद्युत् विस्तारलाई पहिलो प्राथमिकतामा राखेर कामको थालनी गरेको थिए । हाम्रा सबै नागरिक अहिले विद्युत्को पहुँचमा छन् । खास गरेर मानिसहरुलाई सूचनाको पहँुचमा जोड्न सके उनीहरुको चेतनास्तरलाई विकास गर्न सकिने रहेछ । हाम्रो गाउँपालिका प्रदेश १ मा नै उज्यालो पालिका बन्ने पहिलो स्थानीय तह पनि हो ।”

गाउँपालिकालाई नमूना बनाउने गरी सडक, पर्यटन, कृषिसँगै स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाको सीमित स्रोतमा आवश्यक मापदण्ड अनुसारको सडक विस्तारमा जोड दिएको उहाँले बताउनुभयो । “गाउँबस्तीलाई सहज हुने गरी सीमित स्रोतमा उपलब्धिमूलक काम गर्ने योजनाअनुसार सडक विस्तारमा जोड दिएको छु,” अध्यक्ष राईले भन्नुभयो, “जनताले विकासको महसुस गर्ने गरी काम गरेको छु । हाम्रो गाउँपालिकामा महत्वपूर्ण ठूला सडकसँगै कृषि सडक विस्तार भएको छ । यसको थप स्तरोन्नति गर्ने अबको योजना छ ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्