एचआइभीको खतरनाक भाइरस फेला पर्यो



वेलिङ्टनः अन्वेषकहरुले नेदरल्याण्ड्समा एचआइभीको अ’त्यधि’क संक्रामक नयाँ भाइरस फेला परेका छन्। अक्सफोर्डका अन्वेषकहरुले हालै नेदरल्याण्ड्समा एचआइभीको अ’त्यधि’क संक्रामक नयाँ भाइरस फेला पारेका हुन्।

सो नयाँ एचआइभी भाइरस दशकौंयताकै अ’त्यधि’क संक्रामक भएको अन्वेषकहरुको खोजले पुष्टि गरेको छ। तर आधुनिक उपचारको प्रभावकारिताको कारण सो नयाँ भाइरस खासै खतरनाक भने नभएको सो खोजले जनाएको छ।

एचआइभी भाइरससम्बन्धी नयाँ खोज बिहीबार प्रकाशित साइन्स नामक जर्नलमा प्रकाशित भएको थियो। अन्वेषकहरुले सो भाइरसको नाम ‘भिवि भेरियन्ट’ राखेका छन्। भिवि भेरियन्ट नामक नयाँ भाइरस एचआइभीजन्य अन्य संक्रामक रोग भएका मानिसमा ३ देखि ५ गुणा बढी तीव्ररुपमा सर्ने बताइएको छ।

हाल नेदरल्याण्ड्समा १०९ मानिसमा नयाँ एचआइभी भेरियन्ट संक्रमण पुष्टि भएको समेत अक्सफोर्डका अन्वेषकहरुले बताएका छन्।

एचआइभी भाइरस विश्वभर नै महामारीको रूपमा फैलिएको छ। मानव शरीरको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने यो भाइरसलाई उपचारको माध्यमबाट पूर्ण रूपमा निको पार्न सक्ने औषधि तथा सर्नबाट रोकथाम गर्न सक्ने भ्याक्सिन अझै पनि पत्ता लगाउन सकिएको छैन।

असुरक्षित यौ’ ‘न स’र्म्प’र्क, र’ग’त तथा र’गतज’न्य प’दा’र्थको असुरक्षित प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्ने यो भाइरसबाट सुरक्षित हुनको लागि रोकथाम नै मुख्य उपाय हो। मानव शरीरमा प्रवेश गरेपछि यो भाइरसले प्रतिरक्षा प्रणालीमा ठूलो असर गर्दछ। शरीरको अरू रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर पार्दै जान्छ जसका कारण अन्य रोग लाग्ने जिवाणु, किटाणुहरूले शरीरमा सहजै आ’क्रम’ण गर्न सक्दछन्।

शरीर कमजोर भई अरू रोगहरूले पनि संक्रमण गरेको अवस्थालाई नै एड्स भन्ने गरिन्छ। एड्स आफैमा रोग भने होइन। एचआइभी भाइरसलाई पूर्ण रूपमा निस्तेज पारेर भाइरस मुक्त शरीर बनाउने औ’षधिहरू पत्ता लागिनसके पनि शरीरको प्रतिरक्षा प्रणालीलाई पूर्ण रूपमा बलियो बनाई शरीरका सिपाही कोषहरू सिडिफोर सेलको संख्या बढाउन सहयोग गर्ने तथा हुन सक्ने अवसरवादी संक्रमणहरू रोक्नको लागि औ’षधिहरू पाइन्छन्।

ए’न्टि’रे’ट्रो भाइरल थेरापी भनेर पाइने यी औ’षधिहरू नेपाल सरकारले विभिन्न एआरटि साइटहरूबाट निःशुल्क वितरण गर्दै आएको छ। नियमित एआरटिको प्रयोगले शरीरलाई आवश्यक प्रतिरक्षा गर्ने शक्ति दिन्छ जसको मध्यमबाट एचआइभी भाइरस सहित पनि लामो जीवन जिउन सकिन्छ। यो अवस्थामा उचित स्याहार सुसार र सुन्तलित भोजनको से’वन भने अपरिहार्य छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्