बिरामी भै अस्पतालमा भर्ना भएकी लता मंगेशकरको बारेमा फ्यानहरुका लागि आयो नमिठो खबर



भारत रत्न तथा स्वर रानी लता मंगेशकर केही दिनयता मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । हालै लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको खबर आएको थियो तर अहिले केही रिपोर्टले उनको अवस्था फेरि एकपटक नाजुक भएको बताइएको छ । लता मंगेशकरको बारेमा यो खबर बाहिर आएपछि उनका फ्यानहरु फेरि एकपटक चिन्तित बनेका छन् ।

रिपोर्टहरू विश्वास गर्ने हो भने, लता मंगेशकरको उपचार गरिरहेका प्रतित समदानीले उनको अवस्था फेरि नाजुक बनेको खबरको पुष्टि गरेका छन्। लता मंगेशकरलाई गत महिना मात्रै कोभिड-१९ बाट सङ्क्रमण भएको थियो र त्यसपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनलाई निमोनिया पनि भएको थियो ।

लता मंगेशकरको अवस्था नाजुक देखेर उनलाई आईसीयूमा भेन्टिलेटरमा राखिएको थियो । गत हप्ता उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको खबर आएको थियो । अब फेरी उनलाई भेन्टिलेटरमा राखिएको खबर छ । डाक्टरहरूले लता मंगेशकरको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेका छन्।

लता मंगेशकरलाई भारतीय सिनेमाको सबैभन्दा सफल गायिका मानिन्छ। उनले १३ वर्षको उमेरमा आफ्नो गायन करियर सुरु गरेका थिए । उनले विभिन्न भारतीय भाषामा ३० हजारभन्दा बढी गीतमा स्वर दिएका छन् । उनलाई भारत रत्न बाहेक पद्मभूषण, पद्म विभूषण, दादासाहेब फाल्के पुरस्कार र भारत सरकारबाट धेरै राष्ट्रिय चलचित्र पुरस्कारले सम्मानित गरिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्