झापामा ५० करोडको जग्गा बैना, डेढ करोड कमिसनको लागि ३ जनाको ह’त्या !



मोरङ–तीन जना साझेदार साथीको ह’ -त्या गरेको आरोपमा थप दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राति थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली ३ का ३० वर्षीय महमद सुभामलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बिहीबार प्रहरीले मुख्य योजनाकार सहित तीन जना पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यस घटनामा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ह’ ‘त्या आरोपमा मुख्य योजनाकार सिरहा नगरपालिका घर भई काठमाडौं बस्ने ३१ वर्षीय अनिल कुमार मण्डल सहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् । पत्रकार सम्मेलन गरेपछि घटनामा थप संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति ह’ ‘त्या गरेपछि उखुबारीमा खाडल खन्ने रहेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको ह’ ‘त्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो ।

मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाणडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको ह’ ‘त्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

तीन व्यक्तिको ह’ ‘त्यामा सं’लग्न भएकामध्ये तीन जनालाई ४० हजार रूपैयाँ दिएर शव गा’ड्न’ लगाएको खुलेको छ । मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहम्मद सुभान मिया, सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पैसा दिएर खा’ल्डो ख’न्ने, डो’री किन्ने, नुन किन्ने तथा शव गा’ड्न लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।

उनका अनुसार उनीहरू दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने तथा आर्थिक अवस्था कमजोर भएको परिवारका हुन् । ‘४० हजार दिन्छौँ भनेपछि दैनिक ४–५ सय कमाउने उनीहरू खुशी हुँदै सो काममा लागेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

तीन जनाको ह’ ‘त्यामा आधा दर्जनको सं’लग्न रहेको मोरङ प्रहरीले जनाएको छ । यय घटनामा थप एक जना पक्राउ गर्न बाँकी छ । फरार रहेकाको पनि खोजि कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियोः

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्