थपिए १७१४ संक्रमित, निको भए ४७७१



काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना पुगेको छ। कुल संक्रमितमध्ये ५२ हजार ७८० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ७७१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६३९ पुगेको छ। उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ। हाल १३१ जना क्वारेन्टाइनमा छन्। २५१ जना आइसीयू र ४९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा ४६३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्