मलाइकाको मनपर्ने पार्टनर होइनन् ११ वर्ष कान्छा अर्जुन, आफैले भनिन् – यी व्यक्तिसँग मात्रै आनन्द लिने हो



बलिउड इन्डस्ट्रीकी उत्कृष्ट अभिनेत्री मलाइका अरोरा निकै चर्चित छिन् । मलाइका अरोराले धेरै फिल्ममा काम गरिसकेकी छिन् । उनले धेरै फिल्ममा आइटम नम्बर पनि गरेकी छिन् । उनको फ्यान फलोइङ ठूलो छ । अभिनेत्री मलाइका सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी हरेक दिन केहि वा राम्रो पोस्ट शेयर गरिरहन्छिन्। जसलाई फ्यानहरुले निकै रुचाउने पनि गरेका छन् ।

उनका पोष्टमा लाइक र कमेन्ट तथा आक्रोशका स्वरहरु पनि उत्तिकै नै भेटिने गरेको छ । यसै क्रममा अभिनेत्रीको एउटा खुलासाको निकै चर्चा भएको छ, जसमा उनले आफूसँग निकै राम्रो पार्टनर रहेको बताएकी छिन् । अभिनेत्री मलाइका अरोरा दिनहुँ चर्चामा रहन्छिन् । उनी चर्चामा आउनुको कारण या त उनको प्रेम जीवन हो वा उनको ड्रेसिङ सेन्स ।

मलाइका अरोरा विगत केही वर्षदेखि बलिउड अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् । दुवैलाई प्रायः सँगै देख्न पनि पाइन्छ । यो जोडी सँगै बिदा मनाएको पनि देखिन्छ । दुवैका धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुबैको तस्विरलाई फ्यानहरुले निकै रुचाएका छन् । तर, यसै क्रममा उनले यस्तो भनेकि छिन् जसले सबैको होश नै उडाएको छ । मलाइकाले आफू एक्लै कसरत नगर्ने भएकाले वर्कआउट गर्दा राम्रो पार्टनर चाहिने बताइन् ।

त्यसका लागि अर्जुन कपुर राम्रो पार्टनर नरहेको उनले बताएकी हुन् । उनले अर्जुन संग रमाईलो जिवन मात्र उत्कृष्ट रहेको तर पार्टनरका लागि पर्फेक्ट नभएको उनको भनाई थियो । जसपछि उनले आफ्नी बहिनी अमृता अरोरा उनको बेस्ट वर्कआउट पार्टनर भएको पनि बताएकी छिन् । अभिनेत्री मलाइका अरोराकी बहिनी अमृता अरोराको जन्मदिनको कुरा गर्ने हो भने उनको जन्मदिन अभिनेत्री करिना कपूरको घरमा मनाइएको थियो ।

कारण अमृता र करीना साथी हुन् । यस्तो अवस्थामा बेबोले आफ्नी साथी अमृताका लागि पार्टीको व्यवस्था गरिन् । दुबै एकअर्कासँग प्रायः देखिने गरेका छन् । मलाइका अरोरा यसअघि आफ्नी बहिनी अमृता अरोराको जन्मदिनमा बेबो अर्थात करिना कपूरको घर गएकी थिइन् । त्यहाँ सबैले खुब रमाइलो गरे । साथै उनका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । जसलाई फ्यानहरुले निकै रुचाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्