रमाइलो गर्न चन्द्रागिरीमा हिउँ खेल्न गएका युबकको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृतकको विवरण भने खुल्न सकेको छैन । मृतक युवकबारे अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीले मृतकको नाम प्रज्ज्वल पोखरेल रहेको बताएपछि प्रहरीले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी रहेको छ । कही दिन यता काठमाडौं आसपालका क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिउँ पर्ने डाँडाहरुमा हिउँ खेल्नेहरुको घुँइचो लाग्ने गरेको छ ।

यो पनि – बिहीबार दिउँसोदेखि परेको हिमपातले अबरुद्ध भीमदत्त राजमार्ग अझैं सञ्चालनमा आउन सकेको छैन्। राजमार्गमा बाक्लो हिउँ जमेकोले अबरुद्ध बनेको हो। सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। ‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौं । एकतर्फी रूपमा खुलिसकेको छ। अति आवश्यक सवारीसाधनलाई गन्तव्यमा पठाइरहेका छौं ।

अझैं पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने। जिल्लाको उच्च भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भइरहेको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो।

हिउँ खेल्नेको भिडले यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ। हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्