यी ठुला ब्यापारी जस्ले जुवामा ६४ करोड रुपैयाँ हारेपछि…



मलेसियाका एक व्यापारीले लन्डनमा एक क्यासिनोमा जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएका छन् । तर अचम्मको कुरा के छ भने उनले आफ्नो यो हारलाई क्यासिनोलाई जिम्मेवार ठहराएका छन् । यति मात्रै होइन उनले क्यासिनोविरुद्ध मुद्दा नै दर्ता गराएका छन् ।

मलेसियाका यी व्यापारीको परिचय लिम हान जोह रहेको छ । लिम २०१५ मा मलेसियाबाट लन्डन व्यवसायीक भ्रमणमा गएका थिए । त्यहाँ एक क्यासिनोमा लिमले ६४ करोड रुपैयाँ हारेका थिए । लिमले जब सबै पैसा हारे उनी क्यासिनोमाथिनै जाइलागे ।

उनले आफ्नो पैसा क्यासिनोको गल्तीबाट गुमेको बताएका छन् । आफूले जुवा खेलेर त्यत्रो पैसा हार्दा पनि क्यासिनोले नरोकेको भन्ने उनको गुनासो रहेको छ । उनका अनुसार त्यति ठूलो रकम हार्दा क्यासिनोले रोक्नु पर्ने थियो । तर क्यासिनोले जुवा खेल्न थप रकम दिएको उनको आरोप छ ।

२०१५ को यो घटनालाई लिएर उनले क्यासिनोमाथि मुद्दा दायर गरेका थियो । लीम मलेसियाका सर्वाधिक धनी व्यापारी मध्येका एक हुन् । उनको सम्पत्ति मलेसिया र लन्डन दुवै ठाउँमा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्