काठमाडौं उपत्यकाभित्र सम्पूर्ण सवारीसाधनमा जोर-बिजोर हटाउने तयारी



काठमाडौं : काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ। संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।

यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।

सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।

सिसिएमसीले विद्यालय भने माघभर बन्द राख्नुपर्ने निष्कर्ष निकालेको छ। सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधि सहज बनाउन सिफारिस गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्