बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीनजनाको मृत्यु



बुटवल :

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाे’क्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठो’क्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । मृत्यु हुनेमा बुटवल –१२ का २७ वर्षीय सविन थारु, २८ वर्षका गोविन्द चौधरी र चालक ३० वर्षीय नविन श्रेष्ठ रहेका इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बुटवल –१२ कै आशिस जिसी र भागिरथ चौधरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते र मृतक सबै कारका यात्रु हुन्।

दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्