सरकारको यस्तो निर्णयले सहज बन्यो सर्वसाधारणको जिवन



काठमाडौ । कोभिड संक्रमण दर घट्दै गएपछि सरकारले पनि अब जनजिवन सहज बनाउने निर्णय गर्न थालेको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेको छ । सरकारको यो निर्णयसंगै अब जनजीवन सामान्य बन्दै गएको हो ।

स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोभिडको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाएको छ भने फिल्म हललगायत सञ्चालन गर्न दिएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउने निर्णय गरेको छ ।

पछिल्लो समय कोभिड भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउन सकिने भएपछि सरकारले यस्तो निर्णय लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जनजिवन सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको बताए । उनले कोभिडका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए ।

सह प्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरूको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरूले खोपको पहिलो मात्रा लगाइसकेका छन् । उनले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्