दिल्लीमा पनि खुले विद्यालय, रातिको कर्फ्यू भने कायम


banner

काठमाडौ । पछिल्ला दिनमा भारतको राजधानी दिल्लीमा पनि संक्रमण दर घट्दै गए पछि सोमबारदेखि विद्यालयहरू खुलेका छन् । सोमवार बिहान ९ देखि १२ वर्षसम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् । योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् । कोभिड १९ को ओमिक्रोन भेरियन्ट सार्वजनिक भएको र बढ्दो केसका कारण डिसेम्बरमा विद्यालयहरू बन्द भएका थिए ।

लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा दिल्ली आपत व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकपछि शुक्रबार यो निर्णय लिइएको हो। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका थिए ।

दिल्लीमा रातिको कर्फ्यू भने हटाइएको छैन । अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्नेछ । यसबाहेक सोमबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सक्नेछन् ।

तर, दिल्ली सरकारले विद्यालय खुलेपछि पनि हाइब्रिड कक्षाको विकल्प उपलब्ध हुने स्पष्ट गरेको छ । अर्थात्, कक्षाहरू अनलाइन र अफलाइन दुवै लिइनेछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्