मन्त्रीपरिषद्को बैठकवाट आउँदै यस्तो निर्णय




काठमाडौ । सरकारलाई स्थानिय तहको निर्वाचनको मिति तोक्न चौतर्फी दवाव परेको छ । निर्वाचन आयोग देखि विपक्षी दलका नेताहरुले पनि स्थानिय तहको निर्वाचनको मिति तय गर्न दवाव दिइरहेको छ । यता गठबन्धन दलहरुबीच समति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ । आइतबार बसेको तीन दलका शिर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

निर्वाचन आयोगले आगामी २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । नेकपा एमालेले पनि तत्काल स्थानिय तहको निर्वाचनको मिति तय गर्न दवाव दिँदै आएको छ । तर गठबन्धन दलका अन्य नेताहरुले पनि सबै निर्वाचन एकै समयमा गर्नुपर्ने सुझाव दिइरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्