कतारवाटै अब नेपालीले पासपोर्ट बनाउन सक्ने, यस्तो छ तरिका



काठमाडौ । वैदेशिक रोजगारका लागि कतार पुगेका नेपालीहरुका लागि सहज हुने एउटा निर्णय भएको छ । अब कतारमा बस्ने नेपालीको कतारबाटै राहदानी बनाउन पाउने भएका छन्। यो अवसरवाट धेरै नेपालीले लाभ लिन पाउने भएका छन् । कतारस्थित नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन सकिने भएको हो।

आज २०७८ माघ २३ गते नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग, काठमाडौंबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी तयार भएको छ। यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ई(पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको राजदूतावास दोहाले जनाएको छ।

आजबाटै दूतावासमा ई-पासपोर्ट आवेदन दिनका लागि प्रि इनरोलमेन्ट बुकिंग खुला गरिएको छ। त्यसको लागि विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु https://emrtds.nepalpassport.gov.np मा अपलोड गर्नुपर्नेछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्