जब प्रचण्डकै अगाडी प्रधानमन्त्री देउवाले ओलीसंग एमसीसी पास गर्न सहयोग मागे, ओलीले दिए यस्तो जवाफ




काठमाडौ । प्रधानमन्त्री शेर वहादुर देउवालाई अमेरिकी सहयोग एमसीसी जसरी पनि पास गर्नुपर्ने अवस्था आएको छ । उनले यसवारे छलफल गर्न सोमवार वालुवाटारमा प्रमुख दलका नेताहरुलाई बोलाए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

जब देउवाले एमसीसी संसदमा लैजान र पास गर्न सहयोगका लागि ओलीलाई आग्रह गरे ओलीले आफ्नो पुरानै अडान दोहोर्याएका छन् । उनले संसदको गतिरोध अन्त्यका लागि कि १४ जना सांसदलाई कारवाही गर्नुपर्ने वा सभामुख अग्नी सापकोटाले राजिनामा दिनुपर्ने अडान राखेका छन् । बैठकमा ओलीसंग एमाले महासचिव शंकर पोखरेल पनि पुगेका थिए ।

आफ्नो पार्टीको सिफारिसअनुसार १४ जना सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको राजीनामामध्ये एउटा सर्त पूरा भए मात्र संसद चल्न दिने ओलीले बताएका छन्। आफुहरुले कारवाहीको सिफारिस गरेका सांसदहरु संसदमा भएका कारण आफुहरु उपस्थित हुन नसकेको उनको भनाई थियो । उक्त छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि देउवासंग थिए ।

ुबैठकमा भएको कुराकानीका विषयमा एमाले महासचिव पोखरेलले भने हामी राष्ट्रिय सरोकारका विषयमा छलफलमा भाग लिन चाहन्छौं तर हामीलाई प्रतिनिधिसभामा उपस्थितिका लागि वातावरण बनाउने जिम्मा सत्ता पक्षको हो। सत्ता पक्षले अहिलेसम्म त्यो भूमिका निर्वाह गर्न सकेको छैन। सभामुखको भूमिकाकै कारण हामीलाई प्रतिनिधिसभामा उपस्थित हुन गाह्रो भएको छ । हामीले आफ्ना असहमतिहरू लामो समयदेखि राख्दै आएका छौं। प्रतिनिधिसभामा हाम्रो उपस्थिति आवश्यक छ भन्ने सत्ता पक्षले महसुस गर्छ भने हाम्रा मुद्दाहरू सम्बोधन गरियोस् भन्ने हाम्रो पार्टीको भनाइ हो।

आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही गरिएकोबारे सूचना नटाँसिएको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ। सूचना नटाँसे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने उसको अडान छ। एमालेले बैठकका क्रममा स्थानिय तहको निर्वाचन समयमै गर्न पनि प्रधानमन्त्रीलाई भनेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्