बैशाख ३० मै निर्वाचन गर्ने निर्णयले एमाले खुसी, कसले के भने ?



काठमाडौ । आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ । नेकपा एमालेले प्रधानमन्त्री देउवालाई तत्काल निर्वाचनको मिति तोक्न दवाव दिँदै आएको थियो । आफ्नै गठबन्धनका दलले दिएको सुझाव विपरित देउवाले बैशाखमै निर्वाचन गर्ने निर्णय गरेपछि एमाले खुसी भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय लिएको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन् । मन्त्री कार्कीले वैशाख ३० गते निर्वाचन गर्दा कानुनले कुनै अवरोध नगर्ने पनि जानकारी दिएका छन्।

अमेरिकी परियोजना एमसीसीका विषयमा गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेका बेलामा गठबन्धन दलकै सुझाव विपरित देउवाले वैशाखमै एकै चरणमा निर्वाचन गर्ने निर्णय लिएपछि अब राजनीतिक महौल तातिने भएको छ । मंसिरमा मात्रै स्थानीय निर्वाचन गर्ने माओवादी र एकीकृत समाजवादीको प्रस्ताव थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमै देशलाई निर्वाचनमा लैजाने निर्णय लिएपछि स्वागत भएको छ।

सरकारको निर्णय लगत्तै प्रतिकृया दिँदै एमाले उपमहासचिव विष्णु रिमालले स्वागत योग्य कदम भनेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुने नहुने अलमल भइरहेका बेला अब निर्वाचन तयारीमा होमिने एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन्। त्यस्तै सरकारको निर्णयलाई पूर्वअर्थसचिव रामेश्वर खनालले उत्कृष्ट भनेका छन्। उनले तर यो निर्णयबाट सरकार पछि हट्न नहुने पनि उल्लेख गरेका छन्।

वैशाख ३०, एकै चरण उत्कृष्टु, उनले सामाजिक सञ्जालमा भनेका छन्, ुसरकार निर्णयमा नडगोस्। हार्दिक शुभेच्छा त्यसैगरी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि सरकारको निर्णयको स्वागत गरेका छन्। एमालेले यसअघिदेखि नै वैशाखमै स्थानीय निर्वाचन हुनुपर्ने माग गर्दै आएको थियो।

अन्तत: पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचन घोषणा गरेको छ, उनले भनेका छन्, अब नेपालका ७५३ स्थानीय तह नै नयाँ जनप्रतिनिधि चयन गर्नेतर्फ अग्रसर भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पनि सरकारको निर्णयको स्वागत गरेका छन्।

नयाँ पार्टी निर्माणका लागि छलफलमा रहेका पूर्वअध्यक्ष थापाले सरकारको निर्णयको स्वागत गरेका हुन्। स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय स्वागतयोग्य छ, उनले भनेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्