‘एमसीसी अनुमोदन गर्छौ’ भनेर पत्र पठाउने देउवा र प्रचण्डलाई कारवाही गर्न भीम रावलको माग



काठमाडौ । विना कुनै छलफल र सहमति नभई प्रधानमन्त्री शेर वहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्छौ भनेर पत्र पठाएको खुले पछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भीम रावलले कारवाहीको माग गरेका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता रावलले राष्ट्रको स्वाधिनता माथिनै गम्भिर आँच आउने सो सम्झौताका बारेमा अध्ययन नै नगरी अनुमोदन गर्छौं भनेर गल्ती गरेको बताएका छन् ।

उनले दुवै नेतालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताएका हुन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् । उनले प्रतिनिधिसभामा विचाराधीन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाए ।

नेता रावलले भने, ‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता यो एमसीसीमार्फत कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन् रु कूटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभिमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमूना हो यो । यो प्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल प्रचण्डजीले संयुक्त रुपमा लेखेको पत्र हो । यो अन्तराष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ । यसरी कुनै एउटा देशको प्रधानमन्त्रीलाई, एउटा पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री भईसकेको व्यक्तिले यस्तो पत्र लेखेर हामी एमसीसी सम्झौतालाई अनुमोदन गर्नेछौं । हामीलाई समय दिनु प¥यो ।

यो एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौं भन्ने कुरा समेत विदेशलाई भन्ने भनेपछि हाम्रो कूटनीतिक कता गयो ? अनि यस्तो स्थितिमा कूटनीतिक क्षेत्रमा यो राजनीतिक र यस्तो ज्ञान भएको व्यक्तिलाई नियुक्ती गर्ने कुरा र कूटनीतिमा यस्ता राष्ट्रका स्वाभिमान झुक्ने अत्यन्त अमर्यादित कुराहरु । यो एकदमै आपत्तिजनक छ ।

यस्ता कुरा अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारीमा आउनुपर्छ । अरु देशमा यस्तो भयो भने छानविन गरेर दण्डित हुनुपर्छ, यस्तो नेताहरु र प्रधानमन्त्रीहरु । प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर कुनै व्यक्तिलाई यस्तो पत्र लेख्ने अधिकार हुन्छ ? यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले म यहीँबाट हाम्रो माननीय सभापति महादेयमार्फत यो प्रेषित हो्स–यसमा छानविन गरेर कारबाही हुनुपर्छ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्