मौसम पुनः खराब : यी क्षेत्रमा भारि वर्षा हुने



काठमाडाैं:

मुलुकमा पश्चिमी वायुको सामान्य प्र’भाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पूर्वी तथा पश्चिम नेपालका उ’च्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको आँकलन छ ।

यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहिबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्