लतालाई श्रद्धाञ्जली दिँदा ऐश्वर्याले किन खाँदै छिन् गाली ?



एजेन्सी । गायिका लता मंगेशकरको ६ फेब्रुअरीमा निधन भयो । अहिले पनि भारत शोकमा डुवेको छ । दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको भारतमा कलाकार र राजनीतिज्ञहरुले लतालाई अन्तिम श्रद्धाञ्जली दिए । सामाजिक सञ्जालमा अहिले पनि त्यो क्रम जारी छ । लतालाई बिदाइ गर्न पुगेका हरेक भारतीय नागरिकको आँखामा आँसु थियो । लता मंगेशकरको निधनले सिंगो देश शोकमा डुबेको छ । आम मानिस र बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन् । लता मंगेशकरको आत्माको चिरशान्तिको कामना। यसैबीच, ऐश्वर्या राय बच्चनले लता मंगेशकरलाई श्रद्धांजलि अर्पण गर्दै एक पोस्ट साझा गरेकी छिन्, तर उनलाई फ्यानहरुले भने गाली गरिरहेका छन् । उनी अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् ।

लता मंगेशकरको लागि एक विशेष पोस्ट सेयर गर्दै ऐश्वर्याले लेखेकी छिन्, ूमसँग मेरो दुःख व्यक्त गर्न कुनै शब्द छैन। लता जी, तपाईंको आत्माले शान्ति पाओस्, म यही प्रार्थना गर्छु। भगवानले आशीर्वाद दिनुभएको छ। तपाईंले हामीलाई दिनुभएको सबै आशीर्वादका लागि कृतज्ञ छु।ू यो।ू ऐश्वर्याको यस्तै पोस्टले सामाजिक सञ्जालमा तरंग ल्यायो । ट्रोलले अभिनेत्रीलाई लगातार कमेन्ट गर्दै निशाना बनाउन थालेका छन् ।

ऐश्वर्याले अन्य कलाकारहरु भन्दा निकै ढिलो सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरेका कारण उनका फ्यानहरु रिसाएका हुन् । एक प्रयोगकर्ताले लेखे, के तिमीलाई चाँडै याद आयो ? अर्को प्रयोगकर्ताले लेखे, अब सम्झना भयो ? यससँगै यो प्रयोगकर्ताले क्रोधित इमोजी पनि बनाएका छन् । ऐश्वर्याका केही फ्यान पनि थिए, जसले अभिनेत्रीसँगै लता मंगेशकरको आत्माको शान्तिको कामना गरेका थिए ।

ऐश्वर्या राय बच्चन सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । चर्चित व्यक्तिको बिदाइ, जन्मदिन, जयन्ती लगायतका पोस्टहरुबाट मात्रै अभिनेत्री सामाजिक सञ्जालमा सक्रिय छिन् । यसबाहेक उनी इन्टरनेटबाट टाढा रहन रुचाउँछिन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने, ऐश्वर्या राई बच्चन यतिबेला साउथको फिल्म ‘पोन्नियाँ सेल्वान’ को छायाँकनमा व्यस्त छिन् । यो फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् । फिल्मको बजेट ५ सय करोड रहेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्