एमसीसी भोलीको संसदमा पेस नहुने, यस्तो छ कारण


banner

काठमाडौ । भोलि (माघ २६ गते) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन। संसद सचिवालयले आज जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समावेश नगरेको हो।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्नेछन् भने संविधान सभा सदस्य जगतबहादुर ताजपुरीयाको निधनप्रति शोक प्रस्ताव पेश हुनेछ।

अहिलेको सर्वाधिक चर्चाको विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी भने संसद बैठकमा पेश गर्ने कार्यसूची छैन।
एमसीसी मुख्यालयले सो सम्झौता संसदबाट अनुमोदनका लागि यही फेब्रुअरी २८ (फागुन १६) सम्मको डेटलाइन दिएको सार्वजनिक भएको छ।

यो पनि, सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेशलाई लक्षित गरेर ‘विशेष अभियान’ थाल्ने भएको छ। डा। सीके राउत नेतृत्वको जनमत पार्टी ‘आक्रामक’ रुपमा अघि बढेपछि कांग्रेस मधेश प्रदेशमा ‘विशेष अभियान’ सञ्चालन तयारीमा जुटेको हो।

‘विशेष अभियान’ सञ्चालनका लागि माघ २७ गते बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा छलफलले प्रवेश पाउने एक पदाधिकारीले जानकारी दिए। यद्यपि, कांग्रेस केन्द्रीय कार्यालयले कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भने ‘विशेष अभियान’बारे छलफलको एजेन्डा उल्लेख छैन।

विज्ञप्तिमा म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाहरूका सम्बन्धमा, पार्टीको अधिवेशन हुन बाँकी रहेका जिल्लाबारे तथा विविध गरी तीनवटा एजेन्डा बैठकका लागि तय गरिएको उल्लेख गरिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्