३१ वर्ष नेतृत्व गरेको राप्रपा छोड्नुपर्दा अत्यन्त पीडाबोध भयो



काठमाडौ । राप्रपा परित्यागको निर्णय गरेका नेता कमल थापाले अत्यन्त पीडाबोध भएको बताएका छन् । जिवनको झण्डै आधा समय राप्रपाको नेतृत्वमा विताएका उनले मंगलवार राजिनामा दिएका हुन् । काठमाडौमा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनले नयाँ पार्टी दर्ताको प्रकृया थालेका थिए ।

महाधिवेशनमा पूर्वराजपरिवारवाट हस्तक्षेप भएको र त्यसको छानविन गर्नुपर्ने माग गर्दै आएका थापाले माग पुरा नभएपछि पार्टीवाट राजिनामा दिएका हुन् । राजिनामा लेख्दै उनले आफूले ३१ वर्षसम्म बिताएको पार्टी राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) छाड्नुपर्दा निकै पीडाबोध भएको बताएका छन्।

मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राप्रपाबाट अलग भएको घोषण गरेका हुन्। त्यसलगत्तै उनले सामाजिक सञ्जालमा पनि मन ज्यादै भारी र अत्यन्त पीडाबोध भएको उल्लेख गरेका हुन्।

लेखेका छन्, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु।’ थापा काठमाडौंमा हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेका थिए। त्यसयता उनले तीव्र असन्तुष्टि जनाइरहेका थिए। ​

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्