झण्डै २ हजार संक्रमित तपिए, ११ जनाको मृत्यु



काठमाडौ । पछिल्लो २४ घण्टामा १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार ९५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार ५८७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृ,त्यु भएको छ भने हालसम्म कोरोनाबाट मृ,त्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ ।यसैगरी देशमा हालसम्म ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै काठमाडौं उपत्यकामा ४५१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।हाल काठमाडौं उपत्यकामा १९१०४ जना सक्रिय संक्रमित रहेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्