किन गोपाल किराँतीलाई नेकपाले पार्टीवाट निकाल्यो ?



काठमाडौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा) ले संस्थापक गोपाल किराँतीलाई निष्कासनन गरेको छ । यि गोपाल किराती तिनै हुन् जसले सर्वोच्च अदालतमा आफ्नो पार्टीको नाम मिल्ने दल दर्ता गरेको भन्दै तत्कालिन नेकपा विरुद्ध उजुरी दिएका थिए ।

उनको उजुरीका आधारमा सर्वोच्चले नेकपा भंग गरेको थियो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा उनको कारणले नै भंग भएको हो । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको वर्ष दिन पनि नपुग्दै उनकै पार्टीले ‘गद्दार’ को संज्ञा दिँदै निष्काशन गरेको हो ।

एनेकपाको १४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले किराँतीलाई ‘गद्दार’ घोषणा गर्दै पार्टीको नयाँ नेतृत्वमा आलोक रायमाझीलाई सर्वसम्मत चयन गरेको छ । ‘१४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गोपाल किराँतीलाई गद्धार घोषणा गर्दै निष्काशनको कारवाही गरेको छ ।

साथै, उक्त बैठकले आलोक रायमाझीर्लाइ सर्वसम्मतिले केन्द्रीय समिति अध्यक्ष निर्वाचित गरेको छ,’ एनेकपाद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबीचमा अदालतको फैसालाले हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जर्वजस्ती माओवादी केन्द्र थमाइयो ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्